logo

२०८३ कार्तिक १० सोमबार

प्राविधिक र स्वास्थ्यतर्फ लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी

प्राविधिक र स्वास्थ्यतर्फ लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी


खबर सर्कल
  • शुक्रबार, १ मंसिर २०८०
  • 2K
    SHARES

    काठमाडौं । लोक सेवा आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको छ।

    आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने सूचनामा उल्लेख छ । आयोगका अनुसार इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र आवेदकले आयोगको वेभ साइटबाट अनलाइन दरखास्त दिन सक्ने छन् ।

     

     

     

     

    श्रोत:रातोपाटी

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend