logo

२०८३ कार्तिक १० सोमबार

एमाले नेता थापाको निधन

एमाले नेता थापाको निधन


खबर सर्कल
  • बिहिबार, २८ फाल्गुन २०८२
  • 1.1K
    SHARES

    गण्डकी, २८ फागुनः नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उहाँको हृदयघातका कारण निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुुभयो ।

    पार्टी बैठकमा आज बोल्ने क्रममा ढल्नुभएका थापालाई उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएको थियो । अस्पतालमा उहाँलाई मृत घोषणा गरिएको हो ।

    थापाले यस अघि २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन पोखरा उपमहानगरको प्रमुख र पछि गण्डकी प्रदेशसभा सदस्यलगायतको जिम्मेवारी सम्हालीसक्नुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend