logo

२०८३ कार्तिक १० सोमबार

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा


खबर सर्कल
  • बिहिबार, २८ फाल्गुन २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ, २८ फागुनः मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा बढी उदयपुरमा ८२.२ मिलिमिटर वर्षा भएको छ ।

    यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मापनका हिसाबले तीनवटै ठाउँमा भारी वर्षा हो । उदयपुरको कटारी र गोरखाको बारपाकमा बढी वर्षा भएको छ । चौबीस घण्टामा ५० मिलिमिटर माथिको वर्षालाई भारी वर्षामा गणना गरिन्छ ।

    अन्य क्षेत्रमा पनि पानी परिरहेको विभागले जनाएको छ । विभागका अनुसार लमजुङ, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, इलाम, सोलुखुम्बु, मुस्ताङ, बर्दिया, कास्कीलगायत जिल्लामा पनि वर्षा भएको छ ।

    यो वर्षापछि प्रदूषण केही कम हुने अनुमान गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend