logo

२०८३ कार्तिक १० सोमबार

सूर्यविनायकद्वारा प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण

सूर्यविनायकद्वारा प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण


खबर सर्कल
  • बिहिबार, २८ फाल्गुन २०८२
  • 1K
    SHARES

    भक्तपुर, २८ फागुनः सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण गरेको छ । नगरपालिकामा आज आयोजित कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कालाई गाडीको साँचो, ब्लूबुक तथा कागजपत्र हस्तान्तरण गर्नुभएको हो ।

    सो अवसरमा नगर प्रमुख थापाले जेनजी आन्दोलनमा क्रममा प्रहरी बृत्त जगातीको भवन पूर्ण रुपमा क्षति भएको अवस्थामा भवन पुनःनिर्माणका लागि नगरपालिकाले रु १५ लाख सहयोग गरेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “प्रहरीको भवनसँगै सबै गाडी जलेर ध्वस्त भएकाले गस्ती गर्न सहज होस भनेर रु ४३ लाखमा गाडी किनेर सहयोग गरेका हौँ ।”

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, सूर्यविनायक नगरपालिका वडाध्यक्षहरु सानुकाजी कायस्थ, प्रदीप कार्की, लक्षुराम न्यौपाने, रविन्द्र सापकोटा, पुष्पराज बस्नेत र शिवराम राउत, कार्यपालिका सदस्य तारा सापकोटा, शर्मिला थापालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend