logo

२०८३ कार्तिक १० सोमबार

काठमाडौँमा खटिएका निर्वाचन प्रहरीको औपचारिक बिदाइ

काठमाडौँमा खटिएका निर्वाचन प्रहरीको औपचारिक बिदाइ


खबर सर्कल
  • बिहिबार, २८ फाल्गुन २०८२
  • 1.3K
    SHARES

    काठमाडौँ, २८ फागुन: यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा खटिएका निर्वाचन प्रहरीको आज औपचारिक रुपमा बिदाइ गरिएको छ ।

    प्रहरी वृत्त गौशाला, काठमाडौँद्वारा आज आयोजना गरिएको एक कार्यक्रमकाबीच औपचारिक रुपमा निर्वाचन प्रहरीको बिदाइ गरिएको हो । जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गर्नुहुँदै उहाँहरुको बिदाइ गर्नुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका प्रहरी वरिष्ठ उपरीक्षक थापाले निर्वाचन अवधिभरी निर्वाचन प्रहरीले गरेका कामहरु सम्झनयोग्य रहेका बताउनुभयो । उहाँले निर्वाचन अवधिभर निर्वाचन प्रहरीहरूले देखाएको अनुशासन, इमान्दारिता र समर्पण सराहनीय रहेको बताउनुभयो । उहाँले निर्वाचन जस्तो संवेदनशील र महत्वपूर्ण प्रक्रियालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्वाचन प्रहरीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

    प्रहरी वृत्त गौशालाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश सिरमलले निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरी कर्मचारीले अत्यन्त जिम्मेवार ढङ्गले आफ्नो कर्तव्य निर्वाह गरेको बताउनुभयो । उहाँले निर्वाचन अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन सबैले सक्रियता र सजगता अपनाएको उल्लेख गर्नुभयो ।

    निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend