logo

२०८३ कार्तिक १० सोमबार

मण्डला थिएटरमा नाटक चरणदास चोर

मण्डला थिएटरमा नाटक चरणदास चोर


खबर सर्कल
  • आइतबार, १ चैत्र २०८२
  • 1.1K
    SHARES

    काठमाडौँ, १ चैतः भारतीय रङ्गकर्मी हबिब तनवीरद्वारा लिखित नाटक चरणदास चोर मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।

    पुरानो बानेश्वरस्थित थिएटरमा यही फागुन २८ गतेदेखि मञ्चित नाटक चैत ११ गतेसम्म हुने छ । निर्देशक मिलन कार्कीका अनुसार नाटक युवाको रोजाइमा परेको छ ।

    नाटकलाई रङ्गकर्मी राजन खतिवडा र आशान्त शर्माले नाटक शैलीमा रुपान्तरण गर्नुभएको हो । नाटकमा विनय पन्त, विश्व विजय विक, विनिता गिरी, अनुष्का कार्की, लक्ष्मण खत्री, जितन राई, पार्वता भुसाल, दुर्गा पौडेल, सरिता नेपाली, टेकबहादुर खाती, रिजन थिङ लामा, प्रबल जोशी, अर्मन शाही, मणिराज घले, ओजश लामा, मनिला राना मगर, सांकेनमा राई, रचना पाण्डेय, गिरिश रत्न शाक्य, योदिश न्यौपाने, भरत बुढा, सक्षम कोइराल र दसर्फराज अधिकारीको अभिनय रहेको छ ।

    नाटक हेरे पछि बानेश्वरका विश्व रायमाझीले कलाकारको अभियनले नै आफूलाई थिएटरसम्म तानेको बताउनुभयो । “नाटक हेर्दा जीवन्त महसुस गर्छु, त्यसैले प्रायः नाटक हेर्न छुटाउदिन”, उहाँले भन्नुभयो ।

    नाटक मञ्च निर्माण जेनी सुनुवारले गर्नुभएको छ भने, उमेश तामाङको प्रकाश संयोजन रहेको छ । त्यस्तै, नाटकमा सौरभ चालिसेको संगीत संयोजन हुनुका साथै अनुप न्यौपाने, राजन खतिवडा र आशान्त शर्माको गीत रहेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend