logo

२०८३ कार्तिक १० सोमबार

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते


खबर सर्कल
  • आइतबार, १ चैत्र २०८२
  • 962
    SHARES

    दोधारा चाँदनी (कञ्चनपुर), १ चैतः कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४ स्थित बजारका विभिन्न स्थानमा कुकुरको टोकाइबाट १७ जना घाइते भएका हुन् । प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले घाइतेहरूको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको जानकारी दिनुभयो ।

    उक्त कुकुरलाई नियन्त्रणमा लिएर भेटिनरी अस्पतालमा बुझाइएको प्रहरीले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend