logo

२०८३ कार्तिक १० सोमबार

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते


खबर सर्कल
  • आइतबार, १ चैत्र २०८२
  • 936
    SHARES

    दमौली (तनहुँ), १ चैतः तनहुँको भिमाद नगरपालिका–९ अस्पाक्दीमा आज भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    रिठ्ठाभञ्ज्याङ–सेराबेँसी मोटर मार्गमा बुचाखानीबाट निर्माण सामग्री लिएर जाँदै गरेको लु३त ३०२६ नम्बरको ट्याक्टर नालीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार दुर्घटनामा ट्याक्टरमा सवार कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरका ४५ वर्षीय माइला भन्ने लड्डु थारुको मृत्यु भएको हो ।

    दुर्घटनामा ट्याक्टर चालक तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटन बस्ने ३२ वर्षीय अनिल कुमाल, कपिलवस्तुका नारायण पुन र दुर्गाबहादुर पुन घाइते हुनुभएको छ । घाइतेहरूलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारपश्चात् घर पठाइएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend