logo

२०८३ कार्तिक १० सोमबार

आँबुखैरेनीद्वारा सात लाखको छात्रवृत्ति वितरण

आँबुखैरेनीद्वारा सात लाखको छात्रवृत्ति वितरण


खबर सर्कल
  • सोमबार, २ चैत्र २०८२
  • 975
    SHARES

    दमौली (तनहुँ), २ चैतः तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमअनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई रु सात लाख ५० हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

    गाउँपालिकाले ७५ विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरेको हो । रामशाह माध्यमिक विद्यालयका ४०, मित्रता माध्यमिक विद्यालयका ३० तथा अन्य स्थानमा अध्ययनरत पाँच विद्यार्थीलाई प्रतिविद्यार्थी रु १० हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत शर्मिला अधिकारीले जानकारी दिनुभयो ।

    शिक्षा क्षेत्रको विकास गाउँपालिकाको प्रमुख प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । विद्यार्थीलाई अध्ययनमा थप उत्साह मिलोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको अधिकृत अधिकारीले बताउनुभयो । आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने सोचका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाइ छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend