logo

२०८३ कार्तिक १० सोमबार

हत्याको अभियोगमा पक्राउ

हत्याको अभियोगमा पक्राउ


खबर सर्कल
  • मंगलबार, ३ चैत्र २०८२
  • 923
    SHARES

    काठमाडौँ, ३ चैतः बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन् ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार धनबहादुर र उहाँका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो ।

    अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका निजका छोराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    यसैबीच, बूढानीलकण्ठ नगरपालिका–१ स्थित लेमन ट्री होटलमा सञ्चालनमा रहेको क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ का ४८ वर्षीय दिलीप लामासमेत १३ जनालाई पक्राउ गरिएको छ ।

    नियमित गस्तीमा रहेको प्रहरी टोलीले गएराति उनीहरूलाई नगद रु एक लाख ९० हजारसहित पक्राउ गरेको हो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend