logo

२०८३ कार्तिक १० सोमबार

नेकोस अन्तरराष्ट्रिय जुडोलाई जापान बी एण्ड टी ट्रेडिङको साथ

नेकोस अन्तरराष्ट्रिय जुडोलाई जापान बी एण्ड टी ट्रेडिङको साथ


खबर सर्कल
  • मंगलबार, ३ चैत्र २०८२
  • 1K
    SHARES

    काठमाडौँ, ३ चैतः नेपाल खेलकुद महासङ्घ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो सङ्घ नेपालको आयोजनामा हुने नेकोस आठौँ अन्तरराष्ट्रिय जुडो प्रतियोगितालाई बी एण्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) ले मुख्य प्रायोजन गर्ने भएको छ ।

    आयोजकका अध्यक्ष धर्मकुमार श्रेष्ठ र बी एण्ड टीका प्रमुख कार्यकारी अधिकृत विष्णु गिरीले आज प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार बी एण्ड टीले आयोजकलाई २० लाख रूपैयाँ जापानी येन उपलब्ध गराउने छ ।

    प्रतियोगितामा क्याडेट र जुनियर गरी ३५ स्पर्धा समावेश छन् । १८ वर्षमुनि क्याडेटको पुरुषमा ११ र महिलामा १० गरी २१ स्पर्धामा खेल हुनेछ । १८ देखि २१ वर्ष जुनियरको पुरुष÷महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

    प्रतियोगितामा नेपालबाट प्रदेश, जिल्ला, क्लब, स्कुल र डोजोका खेलाडी सहभागी हुनेछन् । विदेशी राष्ट्रमा भुटान र बङ्गलादेशका खेलाडीले भाग लिनेछन् । तीन राष्ट्रबाट जम्मा ३०० खेलाडीको सहभागिता रहने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

    विगतका सातै संस्करणमा नेपालको बन्दी सहायता नियोग (पाम) टिम च्याम्पियन बनेको थियो । उत्कृष्ट दुई पुरुष र दुई महिला खेलाडीलाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिनेछ ।

    अध्यक्ष श्रेष्ठका अनुसार सहभागी खेलाडी र अफिसियलको रु पाँच लाख बराबरको बिमा गरिएको छ । उनीहरूको खाना, बसोबास र यातायातको व्यवस्था पनि आयोजकले गर्नेछ । प्रतियोगिता सञ्चालन गर्न करिब रु ३१ लाख खर्च हुने बताइएको छ । तीनदिने प्रतियोगिताका खेल खुसीबुँस्थित बहुउद्देश्यीय मार्सल आट्र्स केन्द्र (एमएमएसी) मा खेलाइने छन् । पहिलो दिन नौ तथा दोस्रो र तेस्रो दिन समान १३–१३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend