logo

२०८३ कार्तिक १० सोमबार

बैतडीमा पनि आर्थिक गणना कार्यालय स्थापना

बैतडीमा पनि आर्थिक गणना कार्यालय स्थापना


खबर सर्कल
  • बुधबार, ४ चैत्र २०८२
  • 962
    SHARES

    दशरथचन्द (बैतडी), ४ चैतः बैतडीमा आर्थिक गणना कार्यालयको स्थापना गरिएकोे छ । दोस्रो आर्थिक गणनाका लागि जिल्ला सदरमुकाम गोठालापानीमा कार्यालय स्थापना गरिएको हो ।

    आज कार्यालय स्थापना गरि काम अघि बढाइएको जिल्ला आर्थिक गणना अधिकारी धर्मानन्द गिरीले जानकारी दिनुभयो । कार्यालय स्थापना भइसकेको र यो महिनाभित्र आन्तरिक तयारी पूरा गरिसक्ने उहाँले बताउनुभयो ।

    कर्मचारी छनोट प्रक्रिया पूरा भएपछि गणनाका लागि खटाइने कर्मचारीलाई प्रशिक्षण दिएपछि वैशाख २ गतेदेखि असार ७ गतेसम्म कार्य क्षेत्रमा पठाइने आर्थिक गणना अधिकारी गिरीले जानकारी दिनुभयो ।

    ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ वैशाख २ गतेदेखि दोस्रो आर्थिक गणना सुरु हुँदैछ । यसका लागि बैतडीमा १६ गणक र ३ सुपरिवेक्षक खटिने उहाँले बताउनुभयो ।

    आर्थिक गणनाको समयमा गणकहरुले वस्तु तथा सेवा उत्पादन क्षेत्र, आर्थिक क्षेत्रमा संलग्न सबै क्षेत्रको गणना गर्ने कार्यालयले जनाएको छ । आर्थिक क्रियाकलाप, बजार व्यवसाय लगायतका क्षेत्रमा आर्थिक गणना केन्द्रित हुने गिरीले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend