logo

२०८३ कार्तिक १० सोमबार

हुरीले व्यावसायिक केराखेतीमा क्षति

हुरीले व्यावसायिक केराखेतीमा क्षति


खबर सर्कल
  • बुधबार, ४ चैत्र २०८२
  • 1K
    SHARES

    कमलामाई (सिन्धुली), ४ चैतः हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेकोे छ । गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो ।

    यहाँका किसानले लगाएको सात बिघा क्षेत्रफलको केराखेतीमा क्षति पु-याएको स्थानीय किसान रामकुमार घिमिरेले जानकारी दिनुभयो । “यहाँ हामीले सात बिघामा व्यावसायिक केराखेती गरेका थियौँ । त्यसमध्ये तीन बिघाको केराखेती पूर्ण रुपमा नष्ट भएको छ । बाँकीमा आंशिक क्षति पुगेको छ”, उहाँले भन्नुभयो ।

    यहाँ जयप्रसाद पडाडी, युवराज पहाडी र रामकुमार घिमिरेले संयुक्त रुपमा चार वर्षअघि भित्रीमधेस बहुद्देश्यीय कृषि फार्ममार्फत व्यावसायिक केराखेती सुरु गर्नुभएको थियो । तीन दिनअघिको हुरीले उक्त खेतीमा १३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । उक्त फार्मले गत वर्ष रु ४३ लाख बराबरको केरा बिक्री गरेको थियो ।

    कृषि विकास कार्यालय, सिन्धुलीका अनुसार जिल्लामा ३६४ हेक्टरमा व्यावसायिक केराखेती हुँदै आएको छ । व्यावसायिक केराखेती भएको अधिकांश क्षेत्रमा आंशिक क्षति पुगेको किसान बताउँछन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend