logo

२०८३ कार्तिक १० सोमबार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते


खबर सर्कल
  • बिहिबार, ५ चैत्र २०८२
  • 1.2K
    SHARES

    इनरुवा (सुनसरी), ५ चैत : सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

    मृत्यु हुनेमा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

    नम्बर नखुलेको तरकारी बोकेको पिकअप गाडीले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा खतिवडाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

    सोही दुर्घटनामा इटहरी–१८ नयाँ टोलका ३५ वर्षीय देवराज बुढाथोकी घाइते भएका छन्् । घाइते बुढाथोकीको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत रामधुनीनगरपालिका–५ स्थित लगुना मोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको तरकारी बोकेको पिकअप गाडीले ठक्कर दिएको थियो ।

    गाडी र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend