logo

२०८३ कार्तिक १० सोमबार

आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य

आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य


खबर सर्कल
  • बिहिबार, ५ चैत्र २०८२
  • 1.1K
    SHARES

    काठमाडौँ, ५ चैतः नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरका ३२ वटै वडामा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ ।

    काठमाडौँ महानगरपालिका कार्यवाहक उपप्रमुख सुनिता डङ्गोलका समुपस्थितिमा महानगरका तर्फबाट स्वास्थ्य विभागका निर्देशक दीपक केसी र नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाका तर्फबाट सभापति श्यामकाजी डोटेलले आज यहाँ आयोजित कार्यक्रममा सो सम्बन्धी सम्झौतमा हस्ताक्षर गर्नुभयो ।

    कार्यक्रममा महानगरका वरिष्ठ अधिकृत र रेडक्रस काठमाडौँ शाखाका उपसभापति अन्जना श्रेष्ठ मास्के, मन्त्री बुद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधर र शाखा अधिकृत बालकृष्ण श्रेष्ठको उपस्थित हुुनुहुन्थ्यो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend