logo

२०८३ कार्तिक १० सोमबार

राप्रपा संसदीय दलको नेतामा शाही चयन

राप्रपा संसदीय दलको नेतामा शाही चयन


खबर सर्कल
  • बिहिबार, ५ चैत्र २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ, ५ चैतः राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।

    नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज बसेको बैठकले शाहीलाई दलको नेता बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उहाँ जुम्लाबाट निर्वाचित हुनुभएको थियो ।

    उक्त बैठकमा पार्टीको प्रमुख सचेतकमा खुश्बु ओलीलाई चयन गरिएको छ । दलका नेता शाहीले ओलीलाई प्रमुख सचेतकमा चयन गर्नुभएको पार्टीका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिनुभयो । पार्टीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ एक तथा समानुपातिकतर्फ चार सिट गरी कूल पाँच सिट प्राप्त गरेको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend