logo

२०८३ कार्तिक १० सोमबार

पर्सामा २० लाख रुपैयाँ बरामद

पर्सामा २० लाख रुपैयाँ बरामद


खबर सर्कल
  • शुक्रबार, ६ चैत्र २०८२
  • 1K
    SHARES

    वीरगञ्ज (पर्सा), ६ चैतः सशस्त्र प्रहरी बल नेपाल पर्साले रू २० लाख हुण्डी रकमसहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ ।

    सशस्त्र प्रहरीले आज वीरगञ्ज महानगर–१६ स्थित भन्सार प्रवेशद्वारमा जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ बिके ८६०३ नम्बरको मोटरसाइकलमा सवार विनय शङ्कर साह तुरहालाई सो परिमाणको रकमसहित पक्राउ गरेको हो ।

    सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी मोहन निरौलाका अनुसार मोटरसाइकलमा सवार तुरहाले मोटरसाइकलको सिटकभरमा सो रकम लुकाएर राखेका थिए ।

    बरामद भएको रकमसहित तुरहालाई थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । ती व्यक्तिबाट वीरगञ्ज भन्सार एजेन्ट सङ्घ पर्सा लेखिएको परिचयपत्र समेत बरामद भएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend