logo

२०८३ कार्तिक १० सोमबार

उराँव समुदायले मनाए सरहुल पर्व

उराँव समुदायले मनाए सरहुल पर्व


खबर सर्कल
  • शनिबार, ७ चैत्र २०८२
  • 949
    SHARES

    इनरुवा (सुनसरी), ७ चैतः सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै आउनुभएका उराँव समुदायले आज सरहुल पर्व मनाएका छन् ।

    इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, गढीलगायतका स्थानमा बसोबास गर्दै आएका उराँव समुदायले सरहुल पर्व मनाएका हुन् ।

    प्रकृति पूजकका रूपमा रहेका उराँव समुदायका मानिसले इनरुवा–८ मा सामूहिक भेला भएर आफ्नो धार्मिक परम्पराअनुसार सरना स्थलमा सरहुल पर्व मनाएको उराँव समुदायका अगुवा रामकिसुन उराँवले जानकारी दिनुभयो । उहाँले यो पर्व आफ्नो समुदायको सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रकृति पर्वका रूपमा रहेको बताउनुभयो । चैत महिनाको शुक्लपक्षको तृतीया तिथिमा यो पर्व मनाउने गरेको उहाँले जानकारी दिनुभयो ।

    पर्वका अवसरमा साल र करमको रूख अर्थात् सरना स्थलमा भेला भई पूजा गरेर यो पर्व मनाउने गरिएको छ । नयाँ फूल आउनुलाई नयाँ वर्षको सुरुआतका रूपमा लिई यो पर्वलाई मनाउने प्रचलन छ ।

    नयाँ फलफूल भएका बेलामा कुलदेवतालाई प्रसादका रूपमा अर्पण गरेपछि मात्र नयाँ फसल वा फलफूलको प्रयोग सुरु गर्ने गरेको उराँव समुदायका अगुवाले बताएका छन् ।

    पूजाका क्रममा धर्मगुरुले पृथ्वी, जङ्गल, पानी र पूर्वज देवताप्रति कृतज्ञता व्यक्त गर्दै समुदायको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए । सहभागीले पारम्परिक वेशभूषा लगाएर पूजापाठ गरेका थिए ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend