logo

२०८३ कार्तिक १० सोमबार

इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु

इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु


खबर सर्कल
  • आइतबार, ८ चैत्र २०८२
  • 819
    SHARES

    पाटन (ललितपुर), ८ चैतः ललितपुरको हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ ।

    ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित होसना इँटाभट्टामा आज इँटाभट्टाको पर्खाल भत्किँदा पर्खालले किचिएर रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको हो । पर्खाल भत्किएर गम्भीर घाइते खड्काको ठैंबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दले जानकारी दिनुभयो ।

    उक्त घटनामा चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा रुकुम घर भई सोही इँटाभट्टामा काम गर्ने २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल छन् । गम्भीर घाइते चन्दलाई थप उपचारका लागि मोडल अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend