logo

२०८३ कार्तिक १० सोमबार

रारा विमानस्थलमा उडानको नयाँ कार्यतालिका सार्वजनिक

रारा विमानस्थलमा उडानको नयाँ कार्यतालिका सार्वजनिक


खबर सर्कल
  • सोमबार, ९ चैत्र २०८२
  • 806
    SHARES

    मुगु, ९ चैतः यहाँस्थित रारा विमानस्थलमा नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ ।

    नेपालगञ्जबाट हप्तामा चार पटक, आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान हुने व्यवस्था मिलाइएको हो । साथै, बिहीबारै नै सुर्खेतबाट पनि रारा विमानस्थलमा उडान हुने नेपाल एयरलाइन्सका रारा विमानस्थल स्टेशन इन्चार्ज नवीनकुमार बिष्टले जानकारी दिनुभयो ।

    नियमित उडान सुरु भएसँगै विशेषगरी बिरामी बोकेर बाहिर लैजानुपर्ने बाध्यता झेलिरहेका स्थानीयलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend