logo

२०८३ कार्तिक १० सोमबार

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु


खबर सर्कल
  • सोमबार, ९ चैत्र २०८२
  • 806
    SHARES

    फुङ्लिङ (ताप्लेजुङ), ९ चैत: ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको आज मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी हरि श्रेष्ठका छोरा सोहनको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार अभिभावक र आफन्तसँग पाथीभरा दर्शनमा आएका बालक फर्कने क्रममा बाटोमै अचानक बिरामी परेकामा तत्काल जिल्ला अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो ।

    प्रहरीका अनुसार बालक निमोनियाबाट पीडित रहेको बुझिएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend