logo

२०८३ कार्तिक १० सोमबार

टेनिस खेलाडी छनोट

टेनिस खेलाडी छनोट


खबर सर्कल
  • मंगलबार, १० चैत्र २०८२
  • 533
    SHARES

    काठमाडौँ, १० चैतः आइटिएफ एसिया यु–१२ टिम कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रीय छनोट) का लागि नेपालबाट छ खेलाडी छनोट भएका छन् ।

    नेपाल टेनिस सङ्घको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आज भएको छनोट प्रतियोगिताबाट तीन पुरुष र तीन महिला खेलाडी छनोट भएका हुन् ।

    छनोट हुनेमा पुरुषतर्फ आरित मल्ल, सभ्यजङग कार्की र सहंश बस्नेत तथा महिलातर्फ सारा पन्त, आर्या पौडेल र नायरासि घले रहेकी छन् । पुरुषमा सात र महिलामा छ खेलाडी छनोटमा सहभागी भएका थिए ।

    प्रतियोगिता अप्रिल १३ देखि १७ तारिखसम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समै हुने सङ्घका कार्यालय सचिव प्रवीण देवकोटाले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend