logo

२०८३ कार्तिक १० सोमबार

भारतीय चलचित्र निर्देशक सिप्पी र अभिनेता हमालबीच संवाद हुने

भारतीय चलचित्र निर्देशक सिप्पी र अभिनेता हमालबीच संवाद हुने


खबर सर्कल
  • शनिबार, १४ चैत्र २०८२
  • 897
    SHARES

    काठमाडौँ, १४ चैतः भारतीय चलचित्र निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालबीच संवाद कार्यक्रम हुने भएको छ ।

    यह चैत १९ देखि २३ गतेसम्म काठमाडौँमा हुने ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’ मा निर्देशक सिप्पी र अभिनेता हमालले ‘सिनेमा संवादः रमेश सिप्पी र राजेश हमालसँग’ अन्तर्गत संवाद गर्नुहुने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो । नेपाली र भारतीय चलचित्रको यात्रा, व्यक्तिगत अनुभव, चलचित्रको विगत, वर्तमान र भविष्यका विषयमा निर्देशक सिप्पी र अभिनेता हमालले गर्नु हुने उहाँको भनाइ छ ।

    अध्यक्ष पाठकले महोत्सवमा अन्य देशका चलचित्रकर्मीको पनि सहभागिता रहने बताउनुभयो । निर्देशक सिप्पी प्रख्यात भारतीय चलचित्र ‘शोले’ का निर्देशक हुनुहुन्छ । यस्तै, अभिनेता हमाल नेपाली चलचित्र क्षेत्रका ज्ञातासँगै तीन दशकभन्दा बढी काम गरिसक्नुभएको छ ।

    आयोजकका अनुसार निफमा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिनेछ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend