logo

२०८३ कार्तिक १० सोमबार

पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी


खबर सर्कल
  • सोमबार, १६ चैत्र २०८२
  • 1K
    SHARES

    काठमाडौँ, १६ चैतः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा पुगि उहाँले आज अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएकोे पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिनुभयो । पूर्वराष्ट्रपति भण्डारीले चिकित्सकसँग पनि उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

    अध्यक्ष ओलीलाई गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार पक्राउ गरिएको थियो । पक्राउपछि उहाँलाई उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend