logo

२०८३ कार्तिक १० सोमबार

नेप्से परिसूचकमा दोस्रो दिन पनि उच्च अङ्कको गिरावट

नेप्से परिसूचकमा दोस्रो दिन पनि उच्च अङ्कको गिरावट


खबर सर्कल
  • सोमबार, १६ चैत्र २०८२
  • 1K
    SHARES

    काठमाडौँ, १६ चैतः नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि उच्च अङ्कको गिरावट देखिएको छ ।

    सोमबार नेप्से परिसूचक ४७ दशमलव ७१ अङ्कले घटेर दुई हजार ८३१ दशमलव ३९ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६५ प्रतिशतको गिरावट हो । आज ३४१ कम्पनीको तीन करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर एक लाख ५९ हजार ३२८ पटक खरिदबिक्री हुँदा रू १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । आज २३७ कम्पनीको शेयर मूल्य घट्दा २६ वटाको मात्र बढेको छ । रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाईड्रोपावर लिमिटेड, रिजलाईन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै सोलु हाईड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ७९ प्रतिशतले घटेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend