logo

२०८३ कार्तिक १० सोमबार

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु


खबर सर्कल
  • मंगलबार, १७ चैत्र २०८२
  • 1.1K
    SHARES

    डुम्रे (तनहुँ), १७ चैतः तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ । देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    काफलडाँडास्थित भित्री सडक खण्डमा नारायणघाटबाट सिङ्तानतर्फ जाँदै गरेको ग १ त १५२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दुर्घटनामा परी देवघाट–१ कोटाका ३० वर्षीय ट्याक्टर चालक विष्णु माझी घाइते हुनुभएको छ । उहाँले भन्नुभयो, “चालक माझीको मुख, नाक र छातीमा चोट लागेको छ, भने अवस्था मध्यम रहेको छ । चालकले नियन्त्रण गुमाउँदा सडकबाट ट्याक्टर करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो ।”

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend