logo

२०८३ कार्तिक १० सोमबार

एमाले संसदीय दलको नेतामा थापा चयन

एमाले संसदीय दलको नेतामा थापा चयन


खबर सर्कल
  • बुधबार, १८ चैत्र २०८२
  • 611
    SHARES

    काठमाडौँ, १८ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।

    एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठकपछि थापा निर्विरोध चयन हुनुभएको हो । बैठकमा दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि पछि निर्विरोधरूपमा थापा चयन हुनुभएको एमालेका सांसद ऐनबहादुर महरले जानकारी दिनुभयो । उपाध्यक्ष थापालाई सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत पदाधिकारीले बधाई दिनुभयो ।

    प्रतिनिधिसभामा एमालेका २५ सदस्य छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend