logo

२०८३ कार्तिक १० सोमबार

प्रधानमन्त्रीमा ओलीको नियुक्ति ५ बजेपछि, शपथ सोमबार बिहान ११ बजे

प्रधानमन्त्रीमा ओलीको नियुक्ति ५ बजेपछि, शपथ सोमबार बिहान ११ बजे


खबर सर्कल
  • आइतबार, ३१ असार २०८१
  • 2K
    SHARES

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई नियुक्त गर्न लागेका हुन्।

    शपथ भने सोमबार बिहान ११ बजे हुने शीतल निवास स्रोतले जानकारी दिएको छ । हालसम्म प्रधानमन्त्रीमा ओलीको मात्र दाबी पेस भएको छ ।

    संविधानको धारा ७६ (२) बमोजिम नियुक्त गर्न नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रवार साँझ ओलीले दाबी पेस गरेका थिए।

    राष्ट्रपतिले दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मका लागि समय सीमा दिएका छन् ।

    राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलले प्रधानमन्त्रीको नियुक्ति दाबी पेस गर्न दिइएको समय सीमा सकिएपछि हुने र नियुक्तिपछि शपथ तय हुने जानकारी दिए ।

    श्रोत: रातोपाटी

     

     

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend