logo

२०८३ कार्तिक १० सोमबार

प्रधानमन्त्री ओलीले साउन ६ गते संसद‍्बाट देशवासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले साउन ६ गते संसद‍्बाट देशवासीलाई सम्बोधन गर्ने


खबर सर्कल
  • सोमबार, ३२ असार २०८१
  • 1.8K
    SHARES

    काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले स‌ंसद‍्बाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

    उनले आगामी साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको हैसियतमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले संसदमा साउन ६ गते सम्बोधन गर्न लागेको पुष्टि गरे ।

    ‘साउन ६ गते प्रधानमन्त्रीज्यूले संसदबाट देशवासीलाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ’, उनले रातोपाटीसँग भने, ‘फेरिएको राजनीतिक परिस्थिति र मुलुकको यथार्थबारे संसदबाट जानकारी दिने तयारी छ ।’

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend