logo

२०८३ कार्तिक १० सोमबार

पोलियो भाइरस मानिस सरेको छैन : स्वास्थ्य मन्त्रालय

पोलियो भाइरस मानिस सरेको छैन : स्वास्थ्य मन्त्रालय


खबर सर्कल
  • सोमबार, ७ साउन २०८१
  • 2.1K
    SHARES

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँको टुकुचा–बागमती संगम नजिकको ढलमा जेठ १३ गते भेटिएको पोलियो भाइरस मानिस नसरेको जनाएको छ ।

    १३ जेठ २०८१ मा संकलन गरिएको ढलको नमुना परीक्षण गर्दा ‘भ्याक्सि डेरिभ्ड पोलियो भाइरस–टाइप ३’ देखिएको थियो । यो भाइरस काठमाडौँमा पोलियोको आशंका गरिएको थियो। फेरि नमुना परीक्षण गर्दा पोलियो नदेखिएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा जेठ २२ गते सोही स्थानबाट संकलन गरिएको नमुना परीक्षणमा पोलियो भाइरस नदेखिएको उल्लेख गरिएको छ ।

    नेपालमा हाल कुनै पनि व्यक्तिमा भाइरसको संक्रमण पुष्टि नभएको पनि मन्त्रालयले जनाएको छ । मानिसमा पोलियोको संक्रमण नभएर ढलमा भाइरस देखिएको घटना मात्र रहेकाले आत्तिन नपर्ने मन्त्रालयको भनाइ छ ।

    श्रोत: रातोपाटी

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend