logo

२०८३ कार्तिक १० सोमबार

बेलायतमा सुरक्षा सतर्कता अपनाउन नेपालीलाई दूतावासको आग्रह

बेलायतमा सुरक्षा सतर्कता अपनाउन नेपालीलाई दूतावासको आग्रह


खबर सर्कल
  • मंगलबार, २२ साउन २०८१
  • 1.8K
    SHARES

    लन्डन । बेलायतको पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै नेपाली दूतावास लन्डनले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै दूतावासले बेलायतमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो ।

    दूतावासले भनेको छ, ‘बेलायतमा रहेका र बेलायत भ्रमण गर्न लागेका सबै नेपाली नागरिकलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध छ ।’

    यस्तै दूतावासले स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरू ध्यानपूर्वक पालना गर्न पनि अनुरोध गरेको छ ।

    त्यस्तै, बेलायतस्थित नेपाली संघ सङ्गठनहरूलाई समेत आफ्नो संस्था–समुदायमार्फत नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन एवं समन्वय गर्न दूतावासले आह्वान गरेको छ ।

    बेलायतमा विकसित वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको दूतावासको भनाइ छ । दूतावासले कुनै सहयोग आवश्यक परेमा टेलिफोन: 02072291594, 07404939274 र इमेल: info@nepembassy.org.uk, eon@nepembassy.org.uk सम्पर्क गर्न अनुरोध गरेको छ ।

    बेलायतमा भएको आक्रमणबात तीन जना बालिकाको ज्यान गएपछि त्यहाँ कयौँ क्षेत्रमा शृङ्खलाबद्ध प्रदर्शन भइरहेका छन् । आप्रवासी विरोधी ‘इंग्लिस डिफेन्स लिग’ ले ठाउँठाउँमा प्रदर्शन गरेको छ भने उसको विरोधमा समेत काउन्टर प्रदर्शनहरू भइरहेका छन् । प्रदर्शनकै बहानामा कयौँ क्षेत्रमा चोरी र लुटपाट पनि हुने गरेका छन् ।

     

    श्रोत:रातोपाटी

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend