logo

२०८३ कार्तिक १० सोमबार

भारत र चीनले नयाँ सरकार रुचाएको छैन : प्रचण्ड

भारत र चीनले नयाँ सरकार रुचाएको छैन : प्रचण्ड


खबर सर्कल
  • शनिबार, २६ साउन २०८१
  • 2K
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई भारत र चीनले नरुचाएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले सो कुरा बताएको एक नेताले जानकारी दिए ।

    बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक समीकरण आन्तरिक रुपमा नबनेको पनि बताए । उनले भने, ‘आन्तरिक रुपमा यो समीकरण बनेको होइन । छिमेकीको पनि हात छैन । तेस्रो देशको हात छ ।’

    उनले यो सरकारले निकास दिन नसक्ने बताउँदै छिट्टै आन्दोलन हुने समेत बताए । अध्यक्ष प्रचण्डले वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव समेत राखेका छन् ।

     

    श्रोत: रातोपाटी

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend