logo

२०८३ कार्तिक १० सोमबार

पाँच जनाभन्दा बढीलाई झाडापखालाको लक्षण देखिएमा जानकारी गराउन आग्रह

पाँच जनाभन्दा बढीलाई झाडापखालाको लक्षण देखिएमा जानकारी गराउन आग्रह


खबर सर्कल
  • आइतबार, २ भाद्र २०८१
  • 1.8K
    SHARES

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा पाँच जनाभन्दा बढीलाई झाडापखालाको लक्षण देखिएमा जानकारी गराउन आग्रह गरेको छ । मन्त्रालय मतहतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक सूचना जारी गर्दै समुदायमा पाँच जनाभन्दा बढिलाई झाडापखाला भएमा १११५ मा फोन गरी जानकारी गराउन आग्रह गरेको हो ।

    सो सूचनामा निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुलाई एउटै वडा, टोल, बस्तीमा पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी भेटेमा सो नम्बरमा फोन गर्न भनिएको हो ।

    महाशाखाका अनुसार ललितपुरमा ४१ , काठमाडौँमा चार, कैलालीमा ८ र प्युठानमा दुई जना गरी देशभर ५५ जनामा हैजा सङ्क्रमित बिरामी छन् ।

    पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।

    श्रोत: रातोपाटी

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend