logo

२०८३ कार्तिक १० सोमबार

समाजवादी मोर्चाको अर्को बैठक बुधबार बस्ने, आज के–के भयो छलफल ?

समाजवादी मोर्चाको अर्को बैठक बुधबार बस्ने, आज के–के भयो छलफल ?


खबर सर्कल
  • सोमबार, ३ भाद्र २०८१
  • 1.8K
    SHARES

    काठमाडौँ । समाजवादी मोर्चाको सचिवालय बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम नसकिएकाले बुधबार बस्ने गरी सकिएको छ । सोमबार दिउँसो एकान्तकुनामा बसेको बैठकमा छलफल जारी नै रहेकाले राजनीतिक दस्ताबेजले पूर्णता नपाएको सदस्य सचिव खड्कबहादुर विश्वकर्माले बताए ।

    ‘छलफल सकिएको छैन । आजको बैठकमा कार्यदल सदस्य प्रमेश हमाल र गंगानारायण श्रेष्ठले आ–आफ्ना धारणा राख्नुभयो । बुधबार बिहान बैठक बस्नेछ’, रातोपाटीसँग उनले भने ।

    साउन १ गते बसेको मोर्चाको बैठकले वर्तमान विकसित राजनीतिक घटनाक्रम र भावी योजनाबारे समीक्षात्मक राजनीतिक दस्ताबेज पेस गर्न १५ दिनको समय सीमा दिएको थियो । तर, ढिलो गरी समाजवादी मोर्चाको सचिवालय बैठक सोमबार पहिलोपटक बसेको हो ।

    सबैको धारणा आइसकेपछि दस्ताबेजलाई अन्तिमरूप दिने विश्वकर्मालाले बताए । प्रस्तावित दस्ताबेजमा मोर्चाको विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र आगामी योजना रहेको उनले जानकारी दिए ।

    दस्ताबेजमा मोर्चाको विगतको समीक्षा छ । पछिल्लो राजनीतिक घटना छ । र, आगामी कार्यक्रम रहेको छ । सबैको धारणा आइसकेपछि दस्ताबेजलाई फाइनल गरिन्छ’, उनले भने ।

    नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी महिन्द्र राय यादव समूह मिलेर बनेको मोर्चाको सचिवालयमा नेकपाबाट विश्वकर्मासहित माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र नेसपा यादव समूहबाट गंगानारायण श्रेष्ठ रहेका छन् ।

    श्रोत:रातोपाटी

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend