logo

२०८३ कार्तिक १० सोमबार

माओवादी बैठक : जनपरिचालनको स्पष्ट कार्ययोजना बनाउन पार्टी नेतृत्वलाई सुझाव

माओवादी बैठक : जनपरिचालनको स्पष्ट कार्ययोजना बनाउन पार्टी नेतृत्वलाई सुझाव


खबर सर्कल
  • शनिबार, ८ भाद्र २०८१
  • 1.9K
    SHARES

    काठमाडौँ । पार्टीलाई जनमुखी बनाएर सङ्गठन विस्तार गर्नुपर्ने, एकीकृत कार्ययोजनाका साथ जनपरिचालनको योजना बनाउन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरूले पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा सहभागी भएका नेताहरूले सरकारमा रहँदा भए र गरेका सकारात्मक कामकारबाहीलाई लिएर जनतामा जानुपर्ने, सुशासन समृद्धिको योजनामा भएको प्रगतिका बारेमा आम रूपमा जानकारी गराउनुपर्ने धारणा राखेका थिए ।

    पार्टीभित्र आन्तरिक एकतालाई सवल बनाउनुपर्ने, नेताहरू एकीकृत रूपमा परिचालित हुनुपर्ने तथा कुनै पनि विवाद र द्वेष राख्न नहुनेमा जोड दिँदै नेताहरूले वर्गतर्फ फर्कने वातावरण बनाउन नेतृत्वलाई आग्रह गरेका थिए । एकीकृत प्रयास गरिएको खण्डमा र विगतको गल्ती तथा कमजोरी स्वीकार गरेर अगाडि बढ्ने सङ्कल्प भए पार्टी पूर्ण रूपमा पुनःनिर्माण भएर प्रमुख शक्ति बन्न सक्ने उनीहरूको धारणा थियो ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोही बैठकमा भएको छलफलका बारेमा आजै नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा बैठक फलदायी भएको जानकारी दिए ।

    उनले आफहरू लगातार बैठक र छलफलमा रहेको र पार्टीलाई थप सशक्त बनाउने दिशामा केन्द्रित रहेको बताएका थिए । बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय पम्फा भुसाल, अग्निप्रसाद सापकोटालगायत नेताहरूको उपस्थिति थियो ।

    श्रोत: रातोपाटी, रासस

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend