logo

२०८३ कार्तिक १० सोमबार

स्वास्थ्य मन्त्रालयले माग्यो रिक्त पदको विवरण

स्वास्थ्य मन्त्रालयले माग्यो रिक्त पदको विवरण


खबर सर्कल
  • बुधबार, १२ भाद्र २०८१
  • 1.8K
    SHARES

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालमा रिक्त रहेका पदको विवरण माग गरेको छ । लोक सेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा रिक्त पदहरूमा स्थायी पदपूर्तिका लागि मन्त्रालयले विवरण माग गरेको हो ।

    मन्त्रालयले सूचना प्रकाशित गरी नेपाल स्वास्थ्य सेवाको नवौँ र एघारौँ तहको विभिन्न समूह÷उपसमूह र पदहरूको विवरण माग गरेको छ ।

    विवरण माग गरिएका अस्पतालहरुः

    ·स्वास्थ्य सेवा विभाग, टेकु

    ·आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु

    · औषधि व्यवस्था विभाग, बिजुलीबजार

    · पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा

    · चि.वि.रा.प्र., वीर अस्पताल, काठमाडौँ

    · चि. वि. रा. प्र. राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ

    · चि.वि.रा.प्र. वीर अस्पताल नर्सिङ्ग क्याम्पस, काठमाडौँ

    · राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु

    · राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु

    · राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु

    · राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुर

    · राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, टेकु

    · शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

    · नारायणी अस्पताल, वीरगन्ज

    · भरतपुर अस्पताल, चितवन

    · मानसिक अस्पताल, ललितपुर

    · भेरी अस्पताल, नेपालगन्ज

    · कोशी अस्पताल, विराटनगर

    · डडेलधुरा अस्पताल, डडेलधुरा

    · आयुर्वेद चिकित्सालय, नरदेवी

    · परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, थापाथली

    · कान्ति बाल अस्पताल, महाराजगन्ज

    · किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडा

    · राष्ट्रिय औषधि प्रयोगशाला, बिजुलीबजार

    · गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज

    · पशुपति होमियोप्याथिक चिकित्सालय, ललितपुर

    · केन्द्रीय कारागार अस्पताल, काठमाडौँ

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend