logo

२०८३ कार्तिक १० सोमबार

झण्डै १६ करोड ठग्ने सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

झण्डै १६ करोड ठग्ने सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ


खबर सर्कल
  • आइतबार, १६ भाद्र २०८१
  • 1.8K
    SHARES

    काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारी ठगीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।

    आइतबार एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित पाँच जनालाई सीआईबीको टोली पक्राउ गरेको हो ।

    सीआईबीले सहकारीबाट झन्डै १६ करोड हिनामिना भएको जनाएको छ । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष बविता डंगोल, सचिव कान्छाभाई डंगोल लगायत रहेको सीआईबीले जनाएको छ ।

    सीआईबीका अनुसार सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरू समेतको मिलेमतोमा बचतकर्ताले जम्मा गरेको १५ करोड,९१ लाख, चार हजार ७३६ रुपैयाँ अपचलन तथा हिनामिना गरेको पाइएको छ ।

     

    श्रोत: रातोपाटी

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend