काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केपछि मात्र संवैधानिक निकायमा नियुक्ति हुने भएको छ ।
सोमबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री ओली अमेरिकाबाट फर्केपछि संवैधानिक निकायमा नियुक्ति गर्ने सहमति भएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।
विभिन्न संवैधानिक निकायमा ६ पद रिक्त छन् ।
ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन असोज ४ गते अमेरिका जाने कार्यक्रम छ ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend