logo

२०८३ कार्तिक १० सोमबार

१७ गतेदेखि देशभर रुट परमिट खुला गरिने

१७ गतेदेखि देशभर रुट परमिट खुला गरिने


खबर सर्कल
  • मंगलबार, ८ असोज २०८१
  • 1.9K
    SHARES

    काठमाडौँ । असोज १७ गतेदेखि देशभर रुट परमिट खुला हुने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।

    यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म देशभर लागु हुने गरी रुट परमिट खुला गरिने छ ।

    यस्तै बैठकले ट्रेलरलगायतका ठुला सवारी साधनहरू असोज १७ गतेदेखि सडकमा रोक लगाउने पनि निर्णय भएको छ ।

    निर्णय भनिएको छ, ‘दसैँ, तिहार र छठ पर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने र उपत्यका भित्रिने यात्रुहरूलाई सहजिकरण गर्न उपत्यकाको नागढुङ्गा, कलंकी, स्वयम्भू, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाति, सातदोवाटो, बल्खु, दक्षिणकाली, सुन्धारा तथा काभ्रेको साँगामा सिप्रदी र नाडाको सहयोग र काठमाडौँ महानगरपालिकाको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गर्ने ।’

    यस्तै लामो तथा मध्यम दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनले आफ्नो तोकिएको पालो (क्यु) मा सञ्चालन गर्नुपर्ने छ । क्युमा सञ्चालन नगरी रिजर्भमा जान पाइने छैन ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend