logo

२०८३ कार्तिक १० सोमबार

संस्कृति रहेन भने देश रहँदैन : उपसभामुख राना

संस्कृति रहेन भने देश रहँदैन : उपसभामुख राना


खबर सर्कल
  • बिहिबार, १७ असोज २०८१
  • 1.9K
    SHARES

    काठमाडौँ । उपसभामुख इन्दिरा रानाले देशको अस्तित्वसँग भाषा र संस्कृति जोडिएको धारणा राखेकी छिन् । नागरिक समाजको १८ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार भएको कार्यक्रममा बोल्दै उपसभामुख रानाले संस्कृति नरहे देश नै नरहने धारणा राख्दै संस्कृति संरक्षणमा जोड दिएकी हुन् ।

    ‘कुनै पनि देशको अस्तित्व भाषा र संस्कृतिसँग जोडिएको हुन्छ’, उनले भनिन्, ‘भाषा संस्कृति नै संरक्षण भएन भने देशको अस्तित्व नै रहँदैन, सबैले संस्कृति संरक्षणका लागि आफ्नो ठाउँबाट प्रयास गर्नुपर्छ ।’

    उनले स्वदेशमा मात्रै नभई  विश्वका धेरै मुलुकमा रहेका नेपालीहरूले पनि आफ्नो भाषा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयास गरिरहेको भन्दै यसलाई कायम राख्न आग्रह गरिन् । देश र भाषा संस्कृतिको प्रवर्द्धन गर्न प्रिस्कुलबाट नै आमा, देश र देश प्रतिको दायित्वका बारेमा बुझाउने प्रयास गर्नुपर्ने कुरामा उनले जोड दिइन् ।

    विद्यालयबाट नै देश र भाषा तथा संस्कृतिका बारेमा बुझाउन सक्दा सधैँ राष्ट्रियताप्रति गहिरो माया र दायित्व बुझाउन सकिने धारणा उनको थियो ।

    उपसभामुख रानाले नेपाली सधैँ शान्तिको पक्षमा रहेको भन्दै नागरिक समाज र सबै पक्षले शान्तिको महत्त्व बुझाउन भूमिका खेल्नुपर्ने कुरामा पनि जोड दिइन् । हिंसाको विरोध र शान्तिको पक्षमा विश्वव्यापीमा रूपमा दिँदै आएको सन्देशलाई कायम राख्नुपर्छ भन्दै उनले नेपाली   शान्तिप्रिय छौ भन्ने भावना र सन्देश सबैले दिनुपर्ने बताइन् ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend