logo

२०८३ कार्तिक १० सोमबार

महाधिवेशनको म्यान्डेट विपरीतका कमिटीहरू खारेज गर्न माधव नेपाललाई सुझाव

महाधिवेशनको म्यान्डेट विपरीतका कमिटीहरू खारेज गर्न माधव नेपाललाई सुझाव


खबर सर्कल
  • सोमबार, २१ असोज २०८१
  • 1.7K
    SHARES

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूले अध्यक्ष माधवकुमार नेपाललाई महाधिवेशनको म्यान्डेट विपरीतका सबै कामकारबाही खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले केन्द्रीय कमिटी, पोलिटब्युरो र पदाधिकारी खारेज गर्न भनेका हुन् ।

    सोमबार अध्यक्ष नेपाललाई भेटेर उनीहरुले पार्टीको आन्तरिक एकता जोगाइ राख्न यस्तो आग्रह गरेको दाबी गरेका छन् । नेताहरू जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुली लगायत नेताहरूले पार्टी कार्यालयमा अध्यक्ष नेपाललाई भेटेर यस्तो आग्रह गरेका हुन् ।

    अध्यक्ष नेपाललाई बुझाएको ज्ञापनपत्रमा ३४४ सदस्यीय केन्द्रीय कमिटी, पदाधिकारी र पोलिटव्युरो कमिटी समेत अवैध रहेकाले खारेज गर्नुपर्ने उल्लेख छ ।

     

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend