logo

२०८३ कार्तिक १० सोमबार

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन


खबर सर्कल
  • मंगलबार, २२ असोज २०८१
  • 1.8K
    SHARES

    काठमाडौँ । यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू–भागका साथै काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको छ ।

    महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भूभाग र मधेस प्रदेशका पश्चिमी भू–भागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको छ ।

    हाल कोसी प्रदेशलगायत मधेस प्रदेश र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । यता गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत मधेस प्रदेश र बागमती प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

    आज कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज कोसी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको पनि जनाइएको छ ।

    नेपालको सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानबाट असोज २० गते यस वर्षको मनसुन बहिर्गमन भएको थियो । यस वर्षको मनसुन गत जेठ २८ गते नेपालमा भित्रिएको थियो । यस वर्षको मनसुनले ठुलो जनधनको क्षति गराएको छ ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend