logo

२०८३ कार्तिक १० सोमबार

स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने

स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने


खबर सर्कल
  • आइतबार, ४ कार्तिक २०८१
  • 1.9K
    SHARES

    काठमाडौँ । स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै कार्तिक १५ गतेदेखि लागु हुनेगरी पोसाकमा रहेका र परिचयपत्र बोकेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई आफ्नो जिल्लामा सार्वजनिक यातायातका साधन प्रयोग गर्दा भाडा नलाग्ने जनाएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र यातायात व्यवसायी राष्ट्रिय महासंघबिच स्वास्थ्य स्वयंसेविकाहरूलाई आफ्नो जिल्लामा सार्वजनिक यातायातका साधन प्रयोग गर्दा भाडा नलाग्ने समझदारी भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend