logo

२०८३ कार्तिक १० सोमबार

उपभोक्ता अदालतको अध्यक्ष र एक सदस्य सिफारिस

उपभोक्ता अदालतको अध्यक्ष र एक सदस्य सिफारिस


खबर सर्कल
  • आइतबार, ११ कार्तिक २०८१
  • 1.8K
    SHARES

    काठमाडौँ । न्याय परिषद्ले उपभोक्ता अदालतको एक अध्यक्ष र सदस्य सिफारिस गरेको छ । परिषद्ले अध्यक्षमा जिल्ला न्यायाधीश र न्याय सेवा आयोगका तर्फबाट एक सदस्य सिफारिस गरेको हो ।

    अध्यक्षसहित दुई सदस्य हुनेमा आइतबार न्याय परिषद्ले अध्यक्ष र सदस्य सिफारिस गरेको छ । परिषद्ले अध्यक्षमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा न्याय सेवा आयोगका गेहेन्द्रराज रेग्मीलाई तोक्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्ले प्रशासन क्षेत्रबाट एक जना सदस्य तोक्ने छ । परिषद् र आयोगले गरेको सिफारिस मन्त्रिपरिषद्ले अनुमोदन गर्ने छ । त्यसपछि सर्वोच्च अदालत प्रशासनले स्रेस्तादार तोक्ने छ ।

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend