logo

२०८३ कार्तिक १० सोमबार

बारम्बार बमको हल्लापछि क्यानले भारतीय पक्षसँग गर्‍यो यस्तो आग्रह

बारम्बार बमको हल्लापछि क्यानले भारतीय पक्षसँग गर्‍यो यस्तो आग्रह


खबर सर्कल
  • सोमबार, १२ कार्तिक २०८१
  • 2.4K
    SHARES

    काठमाडौँ । भारतबाट आएका विमानमा बम राखिएको भन्दै बारम्बार धम्कीपूर्ण सूचना आउन थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भारतीय पक्षसँग चासो देखाएको छ । क्यानले नियामक संस्थामार्फत् समस्या समाधानका लागि भारत सरकारलाई आग्रह गरेको हो ।

    सोमबार एयर इन्डियाको विमानमा बम राखिएको भन्ने सूचना आएसँगै बोर्डिङ पास भएर उड्न तयार विमान २ घण्टाभन्दा बढी समयसम्म रोकिएको थियो । केही दिनअघि पनि यस्तै घटना भएको थियो । नेपाल आउनु मात्रै नभएर भारतबाट विभिन्न मुलुक जाने विमानमा समेत यस्तै गलत अफवाह फैलाइएको थियो ।

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भारतीय विमान कम्पनीका जहाजलाई लक्षित गर्दै धम्की आउने गरेको देखिएकोले विभिन्न औपचारिक तथा अनौपचारिक माध्यमबाट यस्तो आग्रह गरिएको बताए ।

    ‘समस्या यता होइन उताबाट देखियो, हामीले गर्नसक्ने ठाउँ पनि केही छैन । तर बारम्बार यसरी घण्टौँसम्म जहाज रोकेर राख्ने अवस्था भयो । त्यसैले गलत सूचना दिनेको पहिचान गरेर कारबाही गर्न भनेका हौ,’ भुलले भने ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend