logo

२०८३ कार्तिक १० सोमबार

अमेरिकी राष्ट्रपति निर्वाचन : वासिङ्टनमा मतदान सुरु, ट्रम्प र ह्यारिसबिच कडा प्रतिस्पर्धा

अमेरिकी राष्ट्रपति निर्वाचन : वासिङ्टनमा मतदान सुरु, ट्रम्प र ह्यारिसबिच कडा प्रतिस्पर्धा


खबर सर्कल
  • मंगलबार, २० कार्तिक २०८१
  • 1.6K
    SHARES

    वासिङ्टन । अमेरिकाको वासिङ्टन डिसीमा राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ ।

    मार्टिन लुथर किंग लाइब्रेरीमा रहेको मतदान केन्द्र बाहिर बिहानको करिब सात बजिसकेको छ । बिहानै चिसो भए पनि मतदान केन्द्र खुल्नुअघि नै यहाँका मानिसहरु लाइनमा बस्न थालेका छन् ।

    बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ८ः३० बजेसम्म चल्नेछ । त्यस पछि कार्यालय जानुपर्ने भएकाले बिहान सबेरै आएको र कार्यालयले भोट हाल्न एक घण्टा छुट दिएको एक मतदाताले बताए ।

    यस पटकको चुनावलाई अमेरिकी इतिहासमा सबैभन्दा टक्करको चुनाव मानिएको छ। भोटिङको पूर्वसन्ध्यासम्म डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिसले पेन्सिल्भेनियामा र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले पेन्सिल्भेनिया, मिसिगन र नर्थ क्यारोलिनामा जनतालाई भोट दिन अपील गरिरहेका थिए ।

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend