logo

२०८३ कार्तिक १० सोमबार

बागमतीमा सर्वदलीय बैठक : विगतका निर्णय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय

बागमतीमा सर्वदलीय बैठक : विगतका निर्णय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय


खबर सर्कल
  • आइतबार, २५ कार्तिक २०८१
  • 2.1K
    SHARES

    हेटौंडा । बागमती प्रदेशको सर्वदलीय बैठकले विगतका निर्णय कार्यान्वयनको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आइतबार कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा बसेको बैठकले गत असोज ६ र १४ मा बसेको सर्वदलीय बैठकको निर्णय कार्यान्वयनको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

    बैठकले गत असोज ६ मा भएको बजेट कार्यक्रममा छुट आयोजना समावेश गर्ने तथा असोज १४ मा विपद् प्रभावित नागरिकको राहत सम्बन्धमा निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनको अवस्थाबारे बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उपनेता चित्रकारले बताए ।

    उनका अनुसार आइतबारको बैठकले बजेटमा थप हुने कार्यक्रमको बारेमा अध्ययन गर्ने निर्णय गरेको छ । विगतमा भएको सहमति अनुसार चालु आर्थिक वर्षको बजेटमा थप हुने रकम माग गरी अध्ययन गर्ने निर्णय गरेको उनले बताए ।

    उक्त बैठकले गत असोज ६ गते बसेको सर्वदलीय बैठकको निर्णय अनुसार असन्तुलित बजेट परिमार्जन गर्ने रकम विवरण माग गरी अध्ययन गर्ने निर्णय गरेको उपनेता चित्रकारले बताए । उनका अनुसार सहमति र निर्णयहरू कार्यान्वयन नहुने अवस्थाको अन्त्यका लागि रकम विवरण माग गरेर आवश्यक अध्ययन गर्ने निर्णय गरेको हो । असोज ६ मा बजेट कार्यक्रममा छुटेका कार्यक्रमहरू दलगत रूपमा माग गरेर समावेश गर्ने निर्णय गरिएको उनले बताए ।

    त्यस्तै आइतबारको सर्वदलीय बैठकले असोज १४ मा भएको बैठकको निर्णय कार्यान्वयनको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा गत असोज १४ मा विपद् प्रभावित नागरिकलाई वितरण गर्ने राहत रकमको कार्यान्वयनको अवस्थाबारे सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरिएको चित्रकारले बताए ।

    असोज १४ को बैठकले बाढी पहिरो र डुबानमा परेर मृत्यु भएकाका परिवारलाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउन, विपदमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने, अस्थायी आवास निर्माणको लागि पूर्ण क्षतिको विवरण संकलन गरी प्रदेश सरकारले एक लाख सहयोग गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend