logo

२०८३ कार्तिक १० सोमबार

लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रिया : देश टाट पल्टाउन दिइँदैन

लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रिया : देश टाट पल्टाउन दिइँदैन


खबर सर्कल
  • सोमबार, २६ कार्तिक २०८१
  • 1.8K
    SHARES

    विराटनगर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश टाट पल्टाउन नदिइने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा आज पनि लाइन जोडिदिएन नि भन्ने प्रश्नमा उनले यस्तो भनेका हुन् ।

    विराटनगरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘विद्युत्को लाइन जोडिएन होइन ? ठिक छ त्यो हेर्नुपर्छ । तर, देश बिगार्न र उद्योग धन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन चाहिँ दिइँदैन ।’

    ओलीले आफूले एक वर्ष ८ महिना सरकार चलाउने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने पनि बताए । ‘त्यसपछि चुनाव हुन्छ । चुनाव पछि परिणाम अनुसार अर्को सरकार बन्छ,’ उनले भने ।

    उनले माओवादी केन्द्र सरकारमा नभएपछि आन्दोलन गर्ने भनिरहेको बताए । यस्तै माओवादीले सरकारले एसपीपी सम्झौता गर्न लाग्यो भनेको विषयमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यो ‘छटपटी’ भएको बताए । ‘मैले छटपटिएको जवाफ दिनु आवश्यक छैन । एसपीपी कहाँबाट निकाल्नु भयो । उहाँहरू सरकारमा हुँदा अलिअलि कुरा चलेको थियो । सम्झौता गर्ने कुरै छैन,’ उनले भने ।

    ओलीले संविधान संशोधन संसदबाटै हुने र आयोग गठन नहुने बताए । ‘आयोग किन गठन गर्ने ? संविधान संशोधन संसद्ले गर्ने हो,’ ओलीले भने । उनले कांग्रेस नेता शेखर कोइरालाले असन्तुष्टि जनाएको विषयमा आफूलाई थाहा नभएको बताए । ‘शेखर कोइरालाको असन्तुष्टि मैले सुनेको छैन । होइन होला त्यस्तो भन्नु भएको,’ उनले भने ।

    उनले प्रदेशलाई अधिकार नदिएको भन्ने विषयमा जवाफ दिँदै, ‘अधिकारको कुरा भन्दा कामको कुरा गरौँ न । देश विकासको सुशासनको, समृद्धको काम गर्नुपर्‍यो । अधिकार अधिकार सधैँ…।’

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend