काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई ऋण अन्तर्गत स्विकार्न नसकिने बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे ब्रिफिङ गर्दै चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) ऋणमा स्विकार्न नसकिने बताएका हुन् ।
‘चीन भ्रमण हुँदैछ । बीआरआईबारे पनि चर्चा भइरहेको छ । तपाईंहरुलाई पनि लाग्ला बीआरआई के हुन्छ ? तर हामी अहिले ऋणमा बीआरआई स्विकार्न सक्ने अवस्थामा छैनौँ’, प्रधानमन्त्री ओलीको ब्रिफिङ उद्धृत गर्दै एक मन्त्रीले भने– ‘अनुदानमा भए स्वीकार गर्न सकिन्छ ।’
बैठकमा प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणको तयारी र एजेन्डाबारे समय आएपछि छलफल गर्दै जाने बताएका थिए ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend