logo

२०८३ कार्तिक १० सोमबार

बालेनले गराए एमालेलाई १ लाख जरिवाना

बालेनले गराए एमालेलाई १ लाख जरिवाना


खबर सर्कल
  • शुक्रबार, ७ मंसिर २०८१
  • 1.9K
    SHARES

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको भन्दै १ लाख रुपैयाँ जरिवाना गराएका हुन् ।

    काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाको हस्ताक्षरमा एमाले पार्टी कार्यालयका नाममा प्रेषित पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००/०० अक्षरुपी एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’

    सत्तारूढ दल एमालेको शुक्रबार काठमाडौँको दरबारमार्गमा जागरण सभाको आयोजना गरेको थियो ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend